मलेसिया उड्न लागेको जहाज रनवे भन्दा बाहिर पुगेपछि त्रिभुवन विमानस्थल बन्द

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 19, 2018 | 10:51:23 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंबाट मलेसिया उड्न लागेको मालिन्दो एयरको जहाज रनवे भन्दा बाहिर पुगेको छ। मालिन्दोको जहाज रनवे भन्दा बाहिर पुगेर अड्किएपछी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द भएको बताइएको छ। 

विमानस्थल बन्द भएकाले अवतरणको लागि आएका जेट फ्लाई, दुवई, चाइन साउर्थन र मलेसियन एयरलाइन्सको विमानमध्ये तीन वटा कलकत्ता र एकलाई दिल्ली डाइभर्ट गरिएको जनाइएको छ। 

यात्रुहरुलाई बिमानबाट बाहिर निकाल्न सुरु गरिएको र उनीहरुलाई बाहिर निकालेपछि मात्र विमानस्थल खोल्ने तयारी गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताएका छन।       

काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज बिहीबार राति रनवेभन्दा बाहिर पुगेको छ । उक्त जहाज रनवेभन्दा बाहिर पुगेर अड्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । 

मालिन्दोको जहाज रनवेभन्दा बाहिर जानुको कारण खुल्न सकेको छैन। काठमाडौंबाट ९।४५ मा उड्नुपर्ने जहाजमा के कति यात्रु थिए भन्ने जानकारी केहि बेरमा आउने बताइएको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved