सिन्डिकेट अन्त्यको सरकारी कदम स्वागतयोग्य : नेपाल चेम्वर

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 20, 2018 | 04:21:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्वर अफ कमर्सले यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न सरकार थालेले गरेको कदमको स्वागत गरेको छ । सबै प्रकारको सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने चेम्वरको माग छ । ‘आर्थिक उदारीकरण सुरु भएको दुई दशक भन्दा बढी सयम व्यतित भइसकेको खुला बजार नीति अवलम्वन गरेको मुलुकका लागि सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सादर्भिक छैन’ चेम्वरद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ । सरकारको सिण्डिकेट अन्त्यको प्रयासमा सघाउन पनि चेम्वरले सबैपक्षसँग आग्रह गरेको  छ । 

सरकारी निर्णयको बिरोधमा यातायात व्यवसायीले गरेको आन्दोलन फिर्ता लिन समेत चेम्वरले यातायात व्यवसायीसँंग अनुरोध गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved