नेपाल–बंगलादेश सिधा बस सेवा सञ्चालन

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 23, 2018 | 01:25:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल–बंगलादेश सिधा बस सेवा सञ्चालन हुने भएको छ । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई बस छुटेका छन् । 

सन् २०१५ जुन १५ मा बंगलादेश–भुटान–भारत–नेपालबीच यातायात सञ्चालन गर्ने (बिबिआईएन) सम्झौता भएको थियो । बंगलादेश रोड ट्रान्सपोर्ट कोर्पोरेसनका अध्यक्ष फरिदउद्धिनको नेतृत्वमा  तीन देशका ८० जना डेलिगेटहरु दुई वटा बसमा काठमाडौंका लागि हिँडेका छन् । सोमबार बिहान ढाकाबाट हिँडेका ती २ बस बिहीबार काठमाडौं आइपुग्नेछन् । अहिले परीक्षणका लागि मात्रै ती बस नेपाल हिडेका हुन् । बंगलादेशको राजधानी ढाकाबाट छुटेका ती बस बंगलादेशको बंगबन्धु हुँदै भारत–बंगलादेश सीमा फूलबारी भएर सिलिगुडी हुँदै करिब एक हजार एक सय किलोमिटर सडक पार गर्दै काँकडभिट्टाबाट नेपाल प्रवेश गर्नेछन । 

तस्विर : डेली स्टार

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved