यस्ता छन् आजको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 24, 2018 | 12:02:33 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राडा पुष्प कँडेल नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा कँडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो।

त्यस्तै बैठकले आयोगको सदस्यहरुमा डा कृष्णप्रसाद ओली, उषा झा, गिरीबहादुर गुरुङ, सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरेको छ । रिक्त भएको २ महिनापछि सरकारले आयोगमा नियुक्ति गरेको  हो।

नयाँ सरकार गठनसंगै यस अघिका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले राजीनामा दिएका थिए । सरकारले नियुक्त गरेका पदहरु मध्ये प्रधानमन्त्रीले राजिनामा दिएसँगै योजना आयोगको उपाध्यक्ष र सदस्यहरुले पनि राजिनामा दिने प्रचलन छ । योजना आयोगको अध्यक्ष प्रधानमन्त्री हुने हुनाले अध्यक्ष परिवर्तन भएपछि उपाध्यक्षले पनि राजीनामा दिने प्रचलन रहेको हो ।

बजेट तर्जुमा गर्नको लागि योजना आयोगका उपाध्यक्षको बिशेष भूमिका रहन्छ ।

त्यस्तै आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, राष्ट्रिय सभा निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशलाई जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना राज्यमन्त्री गोकुल वाँस्कोटाले जानकारी दिएका छन्।

बैठकले सरकारी तथा उच्चपदस्थ व्यक्तिहरुको वैदेशीक भ्रमण निर्देशिका स्वीकृत गर्ने तथा सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पठाउने निर्णय पनि गरेको छ। त्यसै बैठकले सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ। 
बैठकले  बसोबास आयोगको केन्द्रदेखि जिल्लासम्मका सबै संरचनाहरु खारेज गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved