तिलक र अमिकको सफलताको कथा: हिजो म्याकडोनल्ड र केएफसीको जागिर, आज आफ्नै ब्यबसायको मालिक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 01, 2018 | 10:35:32 AM मा प्रकाशित

laxmi  sunrise bank

भावना तामाङ 

सीप जुनसुकै किन नहोस, त्यो आफैमा सृजनशील हुन्छ । देशभित्रै सिकेको सीप होस या विदेशमा, त्यसलाई सहि स्थानमा प्रयोग गर्न सकियो भने प्रतिफल अवश्य पनि मिठो नै हुन्छ । मिठो फल पाउने सुत्र चाही के हो भने लगनशीलता र निरन्तर मिहिनेत नै हो । यस्तै मेहेनत र लगनशीलता बोकेको व्यक्ति हुन हजारौं काठमाडौँबासीलाई बर्गरको स्वाद चखाईरहेका तिलक तामाङ । विदेशी भूमिमा काम गर्दा म्यानेजरले गरेको दुर्व्यवहारबाट उनी आज व्यवसायी बन्न सफल भएका छन् ।

 खाडादेवी -८, रामेछापका तामाङ बैदेशिक रोजगारीको सिलसिलामा  १७ बर्ष अगाडी साउदी अरेवियाको म्यागडोनाल्ड नामक अन्तराष्ट्रिय फाष्टफुड एण्ड रेष्टुरेण्टमा पुगे । २००१ मा अंग्रेजी विषयमा स्नातक सकेर आफ्नै इन्स्टीचयूट खोलेर सम्मानको जीन्दगी बिताइरहेका उनी राम्रो पैसा कमाउने उद्धेश्यले फाष्टफुड रेष्टुरेन्टमा सेवा समुहमा काम गर्न पुगेका थिए।  सुरुसुरुमा त्यहाँको स्थानीय वातावरण र उक्त  कम्पनीको आफ्नै काम गर्ने सिस्टम र स्ट्यान्डरमा रहेर काम गर्न उनलाई निकै गाह्रो भयो । तर उनले काम गर्दै जाँदा समयको महत्व बुझे, समयको ब्यबस्थापन गर्ने कला सिके र अनुभव बटुल्दै गए । त्यहाँ हरेक सेकेण्ड सेकेण्डको महत्व हुन्थ्यो । त्यो खटाइको माहोललाई हेर्दा २ वर्षको सम्झौता उनको लागी एक खाले कैदीलाई लगाएको हतकडी भन्दा फरक लाग्दैन थियो । जसोतसो आफूलाई त्यो माहोलमा भिजाउन भने उनी निरन्तर लागी परिरहे । जसरि हुन्छ २ बर्षको सम्झौता सकेर नेपाल फर्किनु थियो उनलाई । उनको खाडीमा आउनुको उद्धेश्य धेरै पैसा कमाउनु र काठमाडौंमा एउटा घर बनाउनु थियो । काम्पनीको सिस्टम अनुसार कममा खटिनुपर्दा शारीरिक तथा मानसिक तनावलाई झेल्नुपर्ने हुन्थ्यो । यसको बाबजुद पनि उनी आफ्नो सपनाको घरको लागी एक एक वटा इट्ट थपिएको कल्पना गरि आफ्नो चित्त बुझाउने गर्थे।  

म्यागडोनाल्ड कम्पनीमा काम गर्दै जादा उनले धेरै अनुभवका साथ केहि दुखत क्षणहरु पनि भोगे । कामको स्ट्याण्डर्ड राम्रोसंग फलो नगरीएको भनेर फिलिपिन डिउटी म्यानेजरले डिडक्सन लेटर बनाएर उनलाई दस्तखत गर्न लगायो  । उनले दस्तखत गर्न प्रतिकार गरेपछि अर्काे एक दिन थपेर कम्पनीमा पत्र पठायो र सोही अनुसार उनको पारीश्रमिक काटिएर आयो । तर उक्त म्यानेजरकै देशको नागरीकले गल्ती गरेपनि यस्तो गरिदैन थियो ।   उनलाई ति म्यानेजरले कामदारहरुसंग गरेको ब्यबहार फिटिकै मन पर्दैन थियो । म्यानेजरको यो व्यवहारले उनलाई रुष्ट वनाएको थियो भने अझ बढी लगनशील भएर काममा लाग्ने दृढता पनि थपिदिएको थियो । साथै,यदि आफू पनि त्यो पोष्टमा पुग्यो भने कम्पनिको जुनियर कामदारलाई सम्मानजनक व्यवहार गर्छु भन्ने प्रण गरे । केहि समयपछि उनको त्यो प्रण वास्तविकतामा परिणत भयो । उनले डिउटी म्यानेजरको पोष्टमा प्रमोसन पाएसंगै रेष्टुरेण्ट व्यवस्थापन देखि फुड सेफ्टीको तालीम समेत लिए । 

तामाङले काम गर्दा गदै उनले ८ बर्ष वितेको पत्तै पाएनन्  ।  साथै उनको सपनाको घर पनि ठडिएको थियो काठमाडौंको बौद्धमा । अब भने उनलाई कम्पनी परिवर्तन गर्ने भन्ने सोच आयो र नेपाल फर्किए । उनी नेपाल फर्केको केहि समयमा नेपालमा पहिलो पल्ट खुल्न लागेको केएफसीमा जागीर खाए । बहुराष्ट्रिय कम्पनीमा पनि उनले केएफसी र पिज्जाहट गरी २ वटा ब्रान्डमा ट्रेनिङ  म्यनेजरको भूमिकामा काम गरे । चार बर्ष उक्त केएफसीमा विताएका उनले अब आफै उद्यमी बन्नुपर्छ भन्ने सोचले जागीर छोडे ।

आफूले जानेको सीपको आधारमा उनले पहिलो पल्ट काठमाडौंको बौद्धमा एटि बर्गर खोले । साउदी अरबमा म्यगडोनाल्ड फाष्टफुड कम्पनिमा १० बर्ष काम गरेका शिखर अम्बोटे- ०२ काभ्रेका अमिक सिं लामा पनि उनको व्यबसायमा साथ दिन पुगे । नेपाल फर्केर अमिकले केएफसी नेपालमा ४ बर्षे जागीर गरे । त्यसपश्चात दुवैले साझैदारीमा हालसम्म पनि एटी बर्गरमा काम गर्दै आइरहेका छन् । हाल तिलक बजार व्यवस्थापक र प्रशिक्षकको रुपमा रहेका छन् भने अमिक अप्रेसन डाइरेक्टरको भूमिकामा रहेका छन् । 

सुरुवाती समयमा बौद्धबासीहरुलाई बर्गर र कफिको स्वादचखाउन एटी बर्गर सफल भयो ।  सुरुवाती सफलताले उनी हौसिए र लगतै १ बर्षको अन्तरालमा ज्ञानेश्वरस्थित एटि बर्गरको नयाँ शाखा खोले । नयाँ पुस्ताको रोजाइमा पर्ने आधुनिक खाना बर्गर र कफिको स्वादले एटि बर्गरको लोकप्रियतालाई बढाइदियो । निरन्तरको अथाह मिहेनत र सघर्ष गर्दै सफलताको सिंढी चढ्दै गयो । एटि बर्गरको बजार व्यवस्थापकको रुपमा रहेका तिलकले आफ्नो व्यवसायलाई यत्तिकै सिमित राख्न चाहेनन् । समय र ठाउँ अनुसार व्यवसायलाई पनि बढाउदै गए । त्यसैको फल स्वरुप बौद्धबाट सुरु भएको उनको ब्यवसाय फैलदै गयो ।  २ बर्ष अघि डिल्लीबजार शाखा खोलेका उनले लगत्तै पुल्चोकमा पनि आफ्नो शाखा स्थापना गरे । गत बर्ष बानेश्वरमा शाखा खोलेका उनले काठमाडौंको ४ स्थान र ललितपुरको १ स्थानगरि ५ स्थानमा एटि बर्गरको सेवा विस्तार गरिसकेका छन् । 

उनको बिजनेश स्टाईल पनि केहि फरक छ ।   जति शाखा बढ्दै जान्छ सोहि अनुरुप साझेदारीहरुलाई पनि व्यवसायमा संलग्न गराउछन उनी । हाल ८ जनाको साझेदारीमा एटि बर्गरको शाखाहरु चलिरहेका छन् । ८ जनाको आःआफ्नै जीम्मेवारी छ, त्यसमा ५६ जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन् । 

यसैगरि एटि बर्गरमा ग्राहकको सत्कारलाई विशेष ध्यानमा राख्ने गरेको उनी बताउछन् । उनी भन्छन् ‘ ग्राहक हाम्रो व्यवसायको मुख्य पाटो हो ।  ग्राहकको इच्छा अनुसारको खाना र सत्कार हामीले गर्नै पर्छ । ‘

तामाङ भन्छन् ‘एटि बर्गरमा कामदारको रुपमा आउनेहरु प्राय होटल म्यानेजमेन्ट पढ्दै गरेका विद्यार्थीहरु रहेका छन् । क्याम्पसमा थेउरी पढ्छनु यहाँआएर प्राक्टिकल गर्छन् । हामीले यहाँ स्टाफलाई ६० दिनको पेरिफेरिमा अलराउन्डर काममा सहभागी गराउछौं ताकी सबै कामको ज्ञान होस् । यसरि एटि बर्गरमा सिप सिकेर हालसम्म १५ जना अस्ट्रेलिया  गैसकेका छन् भने ६ जना जापान गएको तामाङ बताउछन् । यसमा उनी गर्व गर्छन् । तर बिदेशिएकालाई नेपाल मै आएर आफुले सिकेको सीपको सदुपयोग गर्न उनी सुझाव दिन्छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved