चिकित्सा शिक्षा अध्यादेश बहुमतले पारित

निरोज कुमार थापा

निरोज कुमार थापा

May 09, 2018 | 02:22:37 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ संघीय संसदबाट बहुमतले स्वीकृत भएको छ । शिक्षा तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले पेश गरेको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका नेता तथा स्वतन्त्र सांसद प्रेम सुवालले अध्यादेश अस्वीकार गर्न प्रस्ताव गरेका थिए । तर, सभामुख कृष्ण बहादुर महराले मत विभाजन गर्दा अध्यादेशको पक्षमा बहुमत सांसदले समर्थन जनाएपछि अध्यादेश स्वीकृत भएको हो ।  

संसद बैठकमा मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ आवाश्यक रहेको भन्दै चिकित्सा शिक्षा क्षेत्रमा बढेको विकृति अन्त्य गर्न अध्यादेश अघि बढाएको जानकारी गराएका थिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved