काठमाडौं उपत्यकामा बन्ने नयाँ शहरको डीपीआर फिनल्याण्डको कम्पनीले बनाउने

निरोज कुमार थापा

निरोज कुमार थापा

May 14, 2018 | 04:33:36 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं जिल्लाको १ लाख रोपनी जग्गामा विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) को जिम्मा पाएको फिनल्याण्डको हेलेन एण्ड को–आर्टिटेक जेभीले स्थलगत निरीक्षण प्रतिवेदन बुझाएको छ । डीपीआर बनाउने फिनल्याण्डको कम्पनीले वैशाख २८ गते निरीक्षण रिर्पोट बुझाएको काठमाडौं उपत्यका विकास प्राधिकारणका शहरी योजना विज्ञ भागवत भक्त खोखालीले जानकारी दिए । खोखालीले भने, ‘फिनल्याण्डको कम्पनीले २०७४ चैतदेखि डीपीआर बनाउने  जिम्मा पाएको हो, कम्पनीले काम शुरु गरेको एक महिनामै स्थलगत निरीक्षण प्रतिवेदन बुझाएको हो ।’ 

प्राधिकरण र कम्पनीबीच एक बर्षभित्रमा डीपीआर तयार गर्नेगरी ठेक्का सम्झौता भएको थियोे । कम्पनीले प्राधिकरणलाई पठाएको स्थलगत निरीक्षण प्रतिवेदनमा जनशक्ति व्यवस्थापन, काम गर्ने तरिका, नयाँशहर बन्ने स्थानको स्याटलाईट फोटो, सिमाना, मठ–मन्दिर, विजुलीको हाइस्टेशन लाइन, पुरातात्विक संरचना लगायतको विषय समेटिएको छ । 

प्राधिकरणले ठेकेदार कम्पनीले बुझाएको स्थलगत निरीक्षण प्रतिवेदनको अध्ययन गर्नेछ । प्रतिवेदनको अध्ययन पछि प्राधिकरणको योजना अनुसार कार्य प्रगति भए नभएको निक्र्यौल गर्नेछ । सोसँगै प्राधिकारणले उनीहरुले गर्नु पर्ने वा गर्न नहुने कामको विवरण सहित ठेकेदार कम्पनीलाई प्रक्रिया पठाउने छ । उनीहरुले पेस गरेको प्रतिवेदन अध्ययन प्रश्चात प्राधिकरणको तर्फबाट आवश्यक प्रतिक्रिया सहितको सुझाव पठाइने खोखालीले बताए । 

नयाँशहर बन्ने स्थान

प्राधिकरणले काठमाडौँ जिल्लाको १ लाख रोपनी जग्गामा बन्ने नयाँशहरको नाम (काठमाडौं ईसान) राखेको छ । नयाँशहर काठमाडौंको पूर्व–उत्तर क्षेत्र समेटेर निर्माण गरिने छ । 

पूर्व : भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म ।

पश्चिम : जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटर हँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटो ।

उत्तर : साँखु बजार र साँखु जाने मुल सडक ।

दक्षिण : भक्तपुर पुरानो बाटो (नेपाल सैनिक प्रतिष्ठान– खरिपाटी, देवोमिबाइतापाके जग्गा एकिकरण आयोजना, सिन्टी टार जग्गा एकिकरण आयोजना र दिव्यश्वरी जग्गा एकिकरण आयोजना बाहेकको क्षेत्रहरु) भित्रको करिब १ लाख रोपनी क्षेत्रफल जग्गामा नयाँ नगरको भौतिक विकास योजना तर्जुमा गर्नेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved