राजधानीमै नक्कली नोटको कारखाना! फिल्म निर्माता वाग्लेको घरबाट लाखौँ नक्कली नोट बरामद

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 16, 2018 | 11:11:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले दुई करोड ५२ लाख ६३ हजार नेपाली नक्कली रुपैयाँ सहित ६ दर्जनलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा 'लुट' फिल्मका निर्माता माधब वाग्ले सहित प्रकाश सुवेदी, महेन्द्र बोगटी, विकेस नातिफ, साजन तामाङ र सुजित तामाङ रहेको  परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। 

उनीहरु लुभु, नक्साल र कमलपोखरीबाट पक्राउ भएका हुन। महानगरीय प्रहरी परिसरले पक्राउ परेकाहरुलाई साँझ पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। 

पक्राउ परेका फिल्म निर्माता वाग्लेले सुटिङको लागि पैसा जम्मा पारेको बताएका छन। पत्रकार सम्मेलनमा पहरीले लैजाँदै गर्दा पत्रकारहरुसंगको कुराकानीमा वाग्लेले फिल्म शुटिङका लागि पैसा जम्मा पारेको बताएका छन। आफुहरुलाई फसाईको वाग्लेको दाबी छ। उनीहरुलाई अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ।  

कसरि पक्राउ परे कारोबारी ?

मित्रनगरको एक रेष्टुरेन्टमा सुर्खेत घर भएका महेन्द्र बोगटीले खाजा खाएपछ हजार हजारका नोट निकालेर रेष्टुरेन्टको विल तिरे। तर रेष्टुरेन्टका साहुलाई उनले दिएका नोटबारे शंका लागेपछि वरपार्क प्रहरीलाई खबर गरे। त्यसपछि बोगटीको प्रहरीले १ लाख २० हजार बरामद गरेको ह। 

बोगटीलाई पिछा गर्दै जाँदा प्रहरीले लुवुबाट साजन तामाङ र सुजित तामाङलाई पक्राउ गर्यो। उनीहरुको साथबाट प्रहरीले ७ लाख ४३ हजार बरामद गर्यौ। यसरी नै प्रहरीले चलचित्र निर्माता माधव वाग्लेलाई पक्राउ गर्यौ। प्रहरीले बाग्लेको साथबाट २ करोड ५२ लाख बरामद गर्यो।

पक्राउ पर्दै जाँदा काठमाडौंमै पैसा छापिएको थाहा पाएपछि प्रहरी नै झस्कियो। नवज्योती प्रिन्टिङ प्रेसका प्रकाश सुवेदीले जय भोले प्रेसका विकेस नाफितलाई पैसा छाप्न दिएको प्रहरीले फेला पार्यौ। यसरी खोज्दै जाँदा प्रेसबाट प्रहरीले पैसा छाप्न बनाइएका ४ वटा प्लेट र मेसिन समेत बरामद गरेको छ।  


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved