नेकपालाई अन्डरलाईन गरेर निर्वाचन आयोगमा दल दर्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 17, 2018 | 05:17:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराई पाउ भनेर निवेदन दर्ता गराएका छन् । दल दर्ताको निवेदन दर्ता गर्नको लागि नयाँ पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डसहितका शिर्ष नेताहरु आयोग पुगेका थिए ।

एकिकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने सहमति भएपनि त्यो नामको पार्टी पहिले नै आयोगमा दर्ता छ । सोहि कारण  दल दर्ताका क्रममा ‘नेपाल कम्युनिष्ट पार्टी’लाई अण्डरलाइन गरेर निवेदन दिइएको छ ।

दल दर्ताको प्रस्तावमा नै पार्टीको नाममा अण्डरलाइन गरिएकाले कानुनी रुपमा कुनै समस्या नआउने नेता सुवासचन्द्र नेम्वाङले बताएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved