टेलिकमको डाटा सेवाका प्रयोगकर्ता करोड भन्दा बढी

निरोज कुमार थापा

निरोज कुमार थापा

May 22, 2018 | 02:01:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी पुगेका छन् । कम्पनीले पछिल्लो पटक २०७४ चैतमा सार्वजनिक गरेको एमआईएस रिपोर्ट अनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार रहेका छन् । २०७४ असार मसान्त सम्म ८४ लाख २५ हजार ८ सय ९४ रहेको थियो । 

उक्त मध्ये जीएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १ सय, सीडीएमए डाटा सेवाका प्रयोगकर्ता १ लाख ३६ हजार ५ सय, वाइम्याक्स सेवाका १७ हजार र एडीएसएलका १ लाख ९९ हजार ७ सय प्रयोगकर्ता छन् । रिपोर्ट अनुसार २०७४ चैत मसान्त सम्म नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता ५ लाख ५९ हजार १ सय ७२ छन् । नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो २०७४ फागुनको एमआईएस रिपोर्ट अनुसार नेपाल टेलिकमको फोरजी डाटा प्रयोगकर्ता ५ लाख ४७ हजार ५ सय ८ छन् । फोरजी डाटा प्रयोगकर्ता मध्ये नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता ३८.५८ प्रतिशत छन् । 

चैत महिनाको अन्त्यसम्ममा टेलिकमको टेलिफोन सेवाका ग्राहक १ करोड ९३ लाख २२ हजार ८ सय ५५ रहेको छ । यसअनुसार जीएसएम मोबाइल सेवाका ग्राहक १ करोड ६९ लाख ४४ हजार ५ सय ३९, सीडीएमए सेवाका ग्राहक १६ लाख ८८ हजार ३ सय ५१ तथा पीएसटीएन टेलिफोन सेवाका ग्राहक ६ लाख ८९ हजार ३ सय ७३ रहेका छन् । 

डाटा सेवाका लागि कम्पनीले हाल ५ एमबीपीएससम्मको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा मासिक न्यूनतम ५ सय ८३ रुपैयाँ सम्मको मूल्यमा उपलब्ध गराइरहेको छ ।                     

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved