नीति तथा कार्यक्रमको बुँदा नम्बर १६ प्रति ड़ा बाबुराम भट्टराईको 'अब्जेक्सन'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 24, 2018 | 11:43:13 AM मा प्रकाशित

laxmi  sunrise bank

पुर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक ड़ा बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राम्रा भएपनि प्रष्ट नभएको बताएका छन। संसदमा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै ड़ा भट्टराइले सरकारको नीति र उदेश्यले सपना देखाउने काम गरेपनि कसरि पुरा गर्ने भन्ने बारे स्पष्ट नभएको बताए।  

'सरकारको नीति तथा कार्यक्रमले सपना देखाएको छ, जुन अत्यन्त सकारात्मक छ, सरकारको नीति तथा कार्यक्रममा मेरो समर्थन छ' ड़ा भट्टराइले भने, 'तर देखाईएको सपना कसरि पुरा गर्ने भन्ने बारे सरकारको नीति तथा कार्यक्रम स्पष्ट छैन, त्यसलाई बजेटले सम्बोधन गर्नेछ भन्ने बिश्वास छ।' 

उनले अगाडी थपे, ‘पाँच वर्षमा कृषिको आय दोब्बर गर्ने, पाँच वर्षभित्र रोजगारीका लागि विदेश जानु नपर्ने, ५ वर्षमा ५ हजार मेगावाट विद्युत उत्पादन गर्ने, प्रदेश र गाउँ/नगरमा उद्योग ग्राम निर्माण गर्ने, १५ शैय्या अस्तपालका कुरा, प्राविधिक महाविद्यालयको कुरा धेरै राम्रा छन्, तर कसरि यी  लक्ष्य पुरा गर्ने भन्ने बारे सरकार स्पष्ट हुनुपर्छ।' 

डा भट्टराइले सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १६ प्रति असन्तुष्टि व्यक्त गरेका छन। नीति तथा कार्यक्रमको १६ नम्बर बुँदामा भएको 'सबैलाई समान अवसर, समान अधिकार, उत्तिकै सुरक्षा, उत्तिकै सम्मानको प्रत्याभूति गरिनेछ' भन्ने प्राबधान प्रति भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन। 

सुन्दा राम्रो लागेपनि सबैलाई एकै चोटी समान व्यहार गर्न नसकिने ड़ा भट्टराईको तर्क रहेको छ। ‘सबैमा प्राथमिकता दिएर गर्छु भन्दा केही नहुने हो कि?’, भट्टराईले भने, ‘एउटा गोलीले सबै चरा मार्छु भन्दा एउटै चरा नमर्ने हो कि? अझै फोकस पुगेन।’   

त्यस्तै ड़ा भट्टराईले अहिलेकै ब्युरोक्रेसी र सरकारी संयन्त्रबाट परिवर्तन सम्मव नरहेको बताएका छन। ‘कर्मचारी ढाँचा ब्युरोक्रेसीमा आमूल परिवर्तन गर्नेतर्फ जानुपर्छ, तलब बढाइदिउँ, ट्रेनिङ दिउँ’, भट्टराईले भने, तर पर्फरमेन्सका आधारमा कन्ट्रयाक्ट दिउँ, हिजोको जागिरे मानसिकतावाला कर्मचारी पालेर विकास हुन सक्दैन।’  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved