सलमान खान नेपाल आउने कार्यक्रम पुनः स्थगित, टिकेटको पैसा फिर्ता गर्न माग

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 25, 2018 | 07:16:40 PM मा प्रकाशित

laxmi  sunrise bank

बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम फेरि स्थगित भएको छ। नेपालमा मदिराको प्रवद्र्धन गर्न आउन लागेका खान रद्ध भएको कार्यक्रमको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । 

आयोजक ओड़ीसीले फेसबुक पेज मार्फत सलमान नेपाल आउने कार्यक्रम यस पटक पनि स्थगित भएको जानकारी गराउदै अर्को सूचना नआएसम्मका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ । 

पछिल्लो पटक ‘दबङ द टुर’ अन्तर्गत उनी जेठ १२ गते नेपाल आउने कार्यक्रम रहेको थियो । यस अगाडि उनी वैशाखमा नेपाल आउने कार्यक्रम थियो । जोधपुर विशेष अदालतले ५ वर्ष कैदको फैसला सुनाएपछि वैशाखमा उनी नेपाल आउने कार्यक्रम स्थगित भएको थियो । 

त्यसअघि ओडीसीले सलमानलाई फागुन २६ गते नेपाल ल्याउने तयारी गरेको थियो । उक्त समयमा विप्लव माओवादीले नेपाल नआउन आग्रह गर्दै सोहीदिन नेपाल बन्दको घोषणा गरेपछि उनी नेपाल आउने कार्यक्रम स्थगित भएको थियो ।

ओडिसीले सलमान खान नेपाल आउने भन्दै ३ हजार देखि २० हजारसम्मको टिकट बिक्रि गरेको थियो। सलमान नेपाल आउने कार्यक्रम पटक पटक स्थगित भएपछी महँगोमा टिकेट किनेकाहरुले ओडिसीलाई पैसा फिर्ता गर्न दबाब दिएका छन। ओडिसीले भने सलमान आउने भन्दै टिकेट खरिदकर्ताहरुलाई पर्खाउदै आएको छ।

कार्यक्रमका लागि सलमान सहितको समूहलाई ७ करोड भारतीय रुपैयाँ पठाइसकेको आयोजक ओडीसीको दाबि छ। ओडिसीका अनुसार यसमा ३ करोड रुपैयाँ सलमानका लागि पठाइएको थियो। कार्यक्रम तयारीका क्रममा १० करोड रुपैयाँ खर्च भैसकेको ओडीसीको दाबी छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved