प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै (लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 27, 2018 | 10:54:28 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले नीति तथा कार्यक्रममा उठाएका प्रश्नहरुको जवाफ आज आइतबार दिदै छन्।  जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसद्को संयुक्त बैठकमा पेश  भएको नीति तथा कार्यक्रममा छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिन लागेका हुन् ।

प्रतिनिधि सभा बैठक ११ः०० बजे र राष्ट्रिय सभा बैठक अपरान्ह १ बजे डाकिएको छ ।  दुवै बैठकमा प्रधानमन्त्रीले जवाफ दिने छन् । 

 प्रधानमन्त्रीले जवाफ दिएसँगै नीति तथा कार्यक्रम पारितको प्रक्रियामा जानेछ । सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन दर्ता भएका छन् । पारित हुनु अघि संशोधनका प्रस्तावहरूलाई निर्णयार्थ पेस गरिनेछ ।

नीति तथा कार्यक्रम पारित भएपछि मंगलबार सरकारले बजेट पेश गर्ने छ ।

हेर्नुस जवाफ दिदै प्रधानमन्त्री  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved