रेल, पानी जहाजका सपना मैले निदाएर हैन दिउसै देखेको हुँ : ओली

निरोज कुमार थापा

निरोज कुमार थापा

May 27, 2018 | 03:55:51 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति कार्यक्रमले विकासको आकांक्षा बोकेको बताएका छन । सरकारले नीति कार्यक्रममा महत्वकांक्षी योजना ल्याएको स्वीकार गर्दै प्रधानमन्त्रीले “यस बर्षको नीति कार्यक्रम कर्मकाण्डी मात्र होइन, यसले रुपान्तरण र तिव्र विकासको लक्ष्य राखेको छ” भने । 

गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा संसदहरुले उठाएका प्रश्नको आज जवाफ दिंदै प्रधानमन्त्री ओलीले “ठुला विकासका कुरा बुझ्न केही समय लाग्छ त्यसकारण केही साथीहरुले बिरोध गर्नुभएको होला । कसैले  दिवास्वपना पनि भन्नुभएको छ, रेल, पानी जहाजका सपना मैले निदाएर हैन दिउसै देखेको हुँ” भने । 

प्रधानमन्त्री ओलीले देशका विभिन्न एयरपोर्टहरुलाई मर्मत गरेर सञ्चालनमा ल्याइएको भन्दै सप्तरीको राजबिराज र अछामको साँफेबगर विमानस्थल जस्तै अन्य विमानस्थललाई पनि चाँडै सञ्चालनमा ल्याइने बताए ।

संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संविधान आवश्यकता अनुसार संसोधन गर्न सकिने दस्ताबेज भएको दाहोर्याका छन् । प्रधानमन्त्री ओलीले आजै राष्ट्रिय सभामा पनि सरकारको नीति तथा कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिउका छन् । संसदको बहुमतले आजै सरकारको नीति तथा कार्यक्रम अनुमोदन गरेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved