पाल्पा दुर्घटना अपडेट: मृतकको संख्या १३ पुग्यो, १२ को सनाखत (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 01, 2018 | 02:11:10 PM मा प्रकाशित

laxmi  sunrise bank

पाल्पामा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्यामा १३ पुगेको छ । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस जिल्लाको रम्भा गाउँपालिकामा दुर्घटनाग्रस्त भएको हो । बस गाउँपालिकाको वडा नम्बर ४ को होमिनमा सडकबाट २ सय मिटर तल खसेको छ ।

 पाल्पाको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेनको समूह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिडेको बस दुर्घटनामा परेको हो  । दुर्घटनामा  सहकारीका अध्यक्ष तानसेन ४ का विष्णुमान बज्राचार्यको पनि निधन भएको छ।  त्यस्तै तानसेन ३ का देवेन्द्रलाला प्रधान,  तानसेन ३ कृष्णमान बज्राचार्य, तानसेन ३ का छत्रमान शाक्य ,तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ, डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरा, तानसेन ६ का दुर्गाबहादुर सारु, तानसेन २ का लोकनाथ ढकाल, तानसेन ६ का सचिन बज्रार्चाय , तानसेन ३ का बसन्ती खाण, तानसेन ६ का गिता बुढाथोकी र तानसेन ३ कमला कार्की रहेका छन् । एक जना मृतक महिलाको नाम खुल्न सकेको छैन ।

दुर्घटनामा बसका चालक र सहचालक सहित अन्य १० जना घाइते भएका छन्  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved