अन्तर्राष्ट्रिय स्तरमा इन्धनको मूल्य घट्दा नेपालमा किन बढ्दै ? यस्तो छ कारण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 05, 2018 | 01:39:40 PM मा प्रकाशित

laxmi  sunrise bank

भावना लामा

सोमबार सेवाग्राहीले डिजेल तथा पेट्रोल पाउन निक्कै सास्ती खेप्नु पर्यो ।  सामान्यता लगातार २ वा ३ दिन सार्बजनिक विदा हुँदा बजारमा पेट्रोलियम पदार्थको अभाव देखिने गरेको थियो । तर सोमबार भने कुनै सार्बजनिक बिदा नै नपरी पेट्रोल पम्पमा तेल भर्नेहरुको लामो लाइन थियो । केहि पेट्रोलपम्प तेल नै नभएर बन्द थिए । 

आजबाट भने यो समस्या समाधान भएको आयल निगमले दाबी गरेको छ ।   पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकर चालकहरुमाथि शनिवार भारतीय प्रहरीले हातपात गरेपछि ट्याङकर चालकहरुले इन्धन ढुवानी रोकेका थिए । सोहि कारण आईतबार र सोमबार देशैभरी पेट्रोलियम पदार्थको अभाव भएको थियो । निगमका प्रबक्ता बिरेन्द्र गोइतले त्यस समस्या समाधान भईसकेको र ट्याङकर चालकहरुले ढुवानी सुचारु गरिसकेकाले आजबाट सहज रुपमा नै पेट्रोलियम पदार्थको आपूर्ति भई रहेको बताएका हुन  । 

सहज रुपमा इन्धन पाईए पनि आम नागरिक बढ्दो मूल्य तिर्न बाध्य छन्  ।  बैशाख महिना यता मात्र इन्धनको मूल्य ४ पटक बढी सकेको छ  । पछिल्लो पटक निगमले जेठ १९ गते राती १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टिीतेलमा प्रति लिटर तिन–तिन रुपैंयाँ बढाएको थियो । त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर पाँच रुपैयाँ, अन्तराष्ट्रियतर्फ प्रति केएल ७५ डलर बढाएको थियो  ।  

पेट्रोलियम पदार्थमा मूल्य बृद्धि भएपछि पेट्रोलको मूल्य प्रति लिटर १ सय १३ रुपैयाँ, डिजेल प्रति लिटर ९५ र मट्टितेल ९५ रुपैयाँ पुगेको छ । मूल्य बृद्धि हुनुभन्दा अगाडी पेट्रोलको मूल्यप्रति लिटर ११० रुपैयाँ, डिजेल र मट्टितेलको ९२ रुपैयाँ र एटिएफ आन्तरीकतर्फ ९५ रुपैयाँ र आन्तराष्ट्रिय प्रति केएल एक हजार डलर पुगेको छ । 

मुख्यत विद्यार्थी संगठनहरुले मुल्य बृद्धि फिर्ता गर्न  आन्दोलन गरीरहेका छन् । तर बृद्धि भएको मूल्य घटाउन नसकिने प्रवक्ता गोईत बताउछन । अन्तराष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्य घट्दो क्रममा रहेको भएपनि नेपाल र भारतमा भने मूल्य बृद्धि भैरहेको छ । भारतले अन्तराष्ट्रिय स्तरबाट कच्चा पदार्थ खरिद गरी पेट्रोलियम पदार्थ उत्पादन गर्ने भएको हूँदा अन्तराष्ट्रिय स्तरको पेट्रोलियम मूल्य र भारतको मूल्यमा फरक आउने गरेको गोइतको भनाई छ । नेपालले भारतसंग मात्र पेट्रोलियम पदार्थ आयात गर्ने भएकाले भारतमा कायम मूल्य अनुसार नेपालमा मूल्य निर्धारण हुने गर्छ । निगमले भारतमा भन्दा नेपालतर्फ इन्धनको मूल्य सस्तो भएको पनि दाबी गर्दै आएको छ  ।

निगमले हरेक १५-१५ दिनमा भारतले पठाउने मूल्यसुचीको आधारमा नेपालमा इन्धनको मूल्य समायोजन गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved