विदेशबाट फर्केका दाजुभाईको पौरख: कृषिबाटै मासिक ७० हजार कमाई, अर्ग्यानिक उत्पादनको लक्ष्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 10, 2018 | 11:55:58 AM मा प्रकाशित

laxmi  sunrise bank

भावना लामा 

चार रोपनि जग्गामा फैलिएको तरकारी खेति । संगै जोडिएको ३ सयको संख्यामा रहेको कुखुराको फार्म । लटरम्म फलेको राता गोलभोडा ।  संगै छेउको लहरामा झुन्डिएका छन् काँक्रा, सीमी, बोडि ।   यो तरकारी खेति र कुखुराको स्याहार गर्न ४ जना खटिएका छन् उनीहरुलाई यहि काम भ्याईनभ्याई छ । यो वर्णन हो काठमाडौंको काँडाघारी स्थित हरहर महादेवस्थानमा सुवास दाहाल र सुशिल दाहालले हालै सुरु गरेको व्यवसायिक फर्मको अचेल तरकारीमा पानी लगाउने, स्याहारसुसार गर्ने, कुखुरालाई दानापानी खुवाउने, तरकारी टिप्ने, बजारसम्म तरकारी पुर्याउने लगायतको काम दैनिकि बनेको छ दाहाल परिवारको ।

 तरकारी खेति संगै कुखुरा पालन गर्दै आईरहेका यी दुई दाजुभाईको व्यवसायले परिवालाई नै स्वरोजगार बनाएको छ । वैदेशिक रोजगारीबाट फर्केका दाहाल दाजुभाईले नेपालमै केहि गर्ने सोचका साथ तरकारी व्यवसाय सुरु गरेका हुन् । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका सुशील दाहालले ७ बर्षसम्म साउदीको कफी सपमा काम गरे । ७ बर्षसम्म विदेशीएका उनलाई नेपालमै केहि गर्ने सोचले नेपाल फर्कि आउन बाध्य बनायो । नेपाल फर्केर व्यवसायको विभिन्न विकल्पहरु खोज्न थाले ।

उनका आफ्नै दाई सुवास दाहाल पनि ४ बर्षसम्म कुवेतमा सेक्युरिटी गार्डको रुपमा कार्यरत रहे ।  उनी पनि नेपालमै केहि गर्ने सोचका साथ नेपाल फर्किए । आफन्त, साथीभाई र दाजुभाईको सोच तथा सरसल्लाहाबाट तरकारी व्यवसाय गर्ने निधो गरे । स्थाई घर दोलखा भएका दाहाल दाजुभाईले ५ लाखको लगानीमा ४ रोपनि जग्गा भाडामा लिएर तरकारी व्यवसाय सुरु गरे । तरकारीमा रासायनिक मलको प्रयोग गर्नुभन्दा जैविक मल नै प्रयोग गर्ने सोचका साथ कुखुरा पालन गर्ने सोच बनाए ।  आम्दानीको स्रोतका साथसाथै तरकारी बालीमा अन्य मलको लागी लगानी गर्न नपर्ने देखिएपछि कुखुरा पालन पनि सुरु भयो । ३ सयको संख्यामा कुखुरा अटाउने खोर निर्माण गरी कुखुरा ल्याए

व्यवसाय सुरु गरेको ४ महिना मै हाल यी दुई दाजुभाईले आफ्नो फर्मबाट मासिक ७० हजारसम्म कमाउने गरेका छन् अब निकट भविष्य मै एक हजार वटा लोकल कुखुरा पाल्ने र तरकारी खेतिलाई १५ रोपनीसम्म विस्तार गर्ने उनीहरुको लक्ष्य छ   त्यो पनि एकदम अर्ग्यानिक अर्थात् बिषादी रहित   १५ रोपनीमा तरकारी खेतिलाई विस्तार गरेपछि सिधै उपभोक्ता माझ आफ्नो उत्पादन पुर्याउन काडाघारी मै एउटा तरकारी स्टोर खोल्ने यी दाजुभाईको योजना  छ दाहाल दाजुभाई गर्वका साथ भन्छन् ‘स्टोरमा सस्तो मूल्यमा बिषादी रहित ताजा अर्ग्यानिक तरकारी बेच्छौ र अर्ग्यानिक तरकारीको महत्व बुझाउने योजना छ’  

देशमा रोजगारी छैन भन्दै विदेशिनेहरुका लागि प्रेरणाको श्रोत बनेका यी दाहाल दाजु भाई   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved