प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक स्थगित

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 11, 2018 | 12:28:51 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय संसदको आज हुने भनिएको संयुक्त बैंठक स्थगित भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सदस्यलाई बैठकको बारेमा खबर नभएको भन्दै बैठक स्थगित भएको हो । 

अब जेठ ३० गते प्रतिनिधि सभा र असार ३ गते राष्ट्रियसभाको बैठक बसेपछि मात्रै संयुक्त बैठक बस्नेछ । 

आज संयुक्त नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले संयुक्त बैठक संचालन सम्बन्धी मस्यौदा बैठकमा पेस गर्ने कार्यक्रम थियो । 

नियमावलीमा सदनको संयुक्त बैठक सञ्चालनको कार्यविधि, समिति गठन, सदस्य तथा बैठक सञ्चालन विधि समेटिएको छ । संसद सचिवालयले आजै नियमावली पास कार्यसूची बनाएको भएपनि अन्तिममा आएर बैठक स्थिगीत भएको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved