एसईईको नतिजा सार्वजनिक हुँदै, इसेवाबाट पनि एसईईको रिजल्ट हेर्न सकिने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 23, 2018 | 03:04:46 PM मा प्रकाशित

laxmi  sunrise bank

यस बर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) शनिबार प्रकाशित हुने भएको छ। परिक्षा प्रकाशनका लागि शनिबार दिउँसो तीन बजे बोर्ड बैठक डाकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। 

परिक्षा प्रकाशनको सम्पूर्ण तयारि पुरा भईसकेकाले दिउँसो तीन बजे बोर्ड बैठक लगत्तै नतिजा सार्वजनिक हुने नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी दिए। 'दिउँसो ३ बजे बोर्ड बैठक डाकेका छौँ, कुनै ठुलै त्रुटि नभएमा बैठक लगत्तै नतिजा सार्वजनिक हुन्छ' रेग्मीले भने।      

परिक्षामा कति सहभागी थिए भन्ने कुरा नतिजासंगै सार्वजनिक हुनेछ। कक्षा १० को अन्तिममा लिईने यस बर्षको परीक्षामा सहभागी हुन देशभरबाट ४  लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले फारम भरेका थिए। प्राप्त जानकारी अनुसार शनिबार दिउँसो ४ बजे नतिजा सार्वजनीक हुनेछ।  

शिक्षा ऐनमा भएको आठौं संशोधनले विद्यालय शिक्षालाई कक्षा १२ सम्म हुने ब्यवस्था गरे पनि राष्ट्रिय परीक्षा बोर्डको असक्षमताका कारण परीक्षाको व्यवस्थापन साविककै परीक्षा नियन्त्रण कार्यालय मार्फत भएको हो।

 इसेवाबाट पनि एसइइको रिजल्ट

नेपाल टेलिकम लगायत विभिन्न माध्यम मार्फत एसईईको नतिजा थाहा पाउन सकिनेछ। नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले पनि पहिलो पटक एसईईको नतिजा छिटो र सजिलो तरिकाबाट हेर्न सकिने व्यवस्था गरेको छ।

परीक्षार्थीहरुले इसेवाको मोबाईल एप्स् र वेवसाइट मार्फत् देशभर रहेका इसेवाका जोन तथा पोइन्टबाट सजिलोसँग नतिजा हेर्न सक्ने इसेवाका व्यवस्थापक अरुण लामाले बिजपाटीलाई बताए। उनका अनुसार परीक्षार्थीले इसेवाको मोबाईल एप्लिकेशनबाट समेत रिजल्ट हेर्न सक्नेछन। त्यस्तै  जुनकुनै ठाउँमा भएका विद्यार्थीले घरमै बसेर मोबाइलबाटै पनि रिजल्ट हेर्न सक्नेछन। यो लिंकमा क्लिक गरेर पनि रिजल्ट हेर्न सकिन्छ।

इसेवाका साथै इसेवाका मुलुकभर रहेका करिब ३५ हजार जोन तथा पोइन्टबाट पनि रिजल्ट थाहा पाउन सकिने इसेवाले जनाएको छ। इसेवाका देशभर करिब ३५ हजारभन्दा बढी एजेन्ट (इसेवा जोनतथा पोइन्ट) रहेका छन्। हालसम इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन्।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved