देउवा सरकारका सयौं बढी नियुक्ति खारेज, नेप्से प्रमुख साउद सहित को को परे खारेजीमा ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 05, 2018 | 10:17:43 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निर्वाचन आचार संहिता लागू भएयता पूर्ववर्ती शेर बहादुर देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेको छ। असार २० गते मंगलबार राति अबेर गरि बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आचार संहिता लागू भएदेखि केपी ओली नेतृत्वको सरकार गठन हुँदासम्मका  सवै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको हो। 

निर्वाचन आचार संहिता लागु भएको गत भदौ १४ देखि ओली नेतृत्त्वको सरकार गठन भएको फागुन ३ गतेसम्मको सबै राजनीतिक नियुक्ति खारेज भएको सरकारका प्रवक्ता एवम् सन्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए। 

‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिलसिलामा निर्वाचन आचारसंहिता लागू भएको मिति २०७४ भदौ १४ गते यता नेपाल सरकारका बिभिन्न मन्त्रालयष्का अन्तर्गतका प्राधिकरण, संस्थान, परिषद, बोर्ड, समिति, कम्पनी ऐनको अन्य संगठित संस्थामा आदि संस्थामा मन्त्रिपरिषद तथा मन्त्रीस्तरबाट भएका सबै किसिमका राजनीति नियुक्ति एवम् मनोनयन खारेज गर्ने निर्णय गरिएको छ ।’ उनले भने। 

सरकारको यस्तो निर्णय संगै नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्र सिंह साउदको जागिर पनि गएको छ।  पूर्ववर्ती देउवा नेतृत्त्वको सरकारले गत असोज २३ गते साउदलाई नेप्सेको महाप्रबन्धकमा नियुक्त गरेको हो। 

नेप्सेको महाप्रबन्धक नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले छनौट गरेका ५ जनाबाट ब्यबसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिएर प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा सिफारिस गरिएका ३ जना मध्ये पूर्ववर्ती देउवा सरकारले साउदलाई नियुक्त गरेको हो।

उनको नियुक्ति राजनीतिक पर्छ पर्दैन त्यसबारे अहिले बहस भईरहेको छ। तर नियुक्ति र छनौट प्रक्रिया जेसुकै भए पनि मन्त्रिपरिषद्ले गर्ने सबै नियुक्ति राजनीतिक नै हुन् । 

यस संगै नेप्से महाप्रबन्धक सहित २ दर्जन् बढीको जागिर गएको छ । राष्ट्रिय युवा परिषदका जिल्ला अध्यक्षहरु र 

देशैभरका नगरविकास समितिका अध्यक्षहरुको पनि जागिर गएको छ ।

कसको कसको गयो जागिर?

चन्द्र सिंह साउद, प्रमुख कार्यकारी अधिकृत, नेपाल स्टक एक्सचेन्ज

दिगम्बर झा, अध्यक्ष, दूरसञ्चार प्राधिकरण

युवराज भुसाल, प्रमुख कार्यकारी अधिकृत (सीईओ), राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

संगीता भण्डारी, उपकुलपति, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

मिनराज चौधरी, अध्यक्ष, गुठी संस्थान

नारायण चौधरी, प्रशासक, गुठी संस्थान

राजकुमार लामा, अध्यक्ष, बौद्धनाथ क्षेत्र विकास समिति

नरेन्द्रराज बस्नेत, अध्यक्ष, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति

निकिता पौडेल, अध्यक्ष, चलचित्र विकास बोर्ड

विष्णु मिश्र, अध्यक्ष, कर्जा सुरक्षण निगम

वसन्तप्रकाश उपाध्याय, महाप्रवन्धक, गोरखापत्र संस्थान

गंगाधर पराजुली, अध्यक्ष, न्यूनतम पारिश्रमिक निर्धारण समिति

नविनकुमार झा, अध्यक्ष, घरेलु तथा साना उद्योग विकास समिति

शालिकराम सिंह, अध्यक्ष, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद

दक्ष पौडेल, सहअध्यक्ष, राष्ट्रिय सहकारी बोर्ड

चन्द्रमणि पौडेल, अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्ड

भुपेन्द्र प्रसाद, अध्यक्ष, खानेपानी संस्थान (बोर्डका सदस्यसमेत)

बाढी तथा डुबान नियन्त्रण आयोजना :  सुमन कर्ण

पर्यटन बोर्डका दीपक महत, कृष्णबहादुर महरासहित तीन सदस्य ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved