झडपपछि डा केसीले भने 'समर्थक कुटिएको हेर्न सक्दिनँ, काठमाडौँ जान तयार छु'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 19, 2018 | 12:39:14 PM मा प्रकाशित

laxmi  sunrise bank

बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसी काठमाडौँ आउँन तयार भएका छन् । केसीको जीवनरक्षाका लागि काठमाडौँ ल्याउन सरकारले आज बिहान हेलिकोप्टर पठाएको थियो ।  तर केसीले सुरुमा सरकारले आफुलाई अपहरण गरेर काठमाडौँ लैजान लागेको भन्दै त्यसको बिरोध गर्दै काठमाडौँ जान इन्कार गरेका थिए ।  लगत्तै उनका समर्थकले उनलाई घेरा हालेर सरकारी टोलीलाई अनसनस्थल प्रवेशमारोक लगाएका थिए ।  

मन्त्रालयका सचिव खगराज बरालको टोली उनलाई लिन गएको हो । काठमाडौँबाट टोली पुगेकोले केसीको स्वास्थ्य अवस्था बुझ्न र केसीलाई काठमाडौँ लैजान समन्वय गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहितको टोली पनि अस्पताल पुगेको थियो । तर डा केसीका समर्थकहरुले डा केसीलाई घेरा हालेर राखेका कारण मन्त्री शाहीको टोलीले केसीलाई भेट्न पाएनन् ।  

शाहीको सरकारी टोली फर्किएपछि प्रहरीले बल प्रयोग गरी समर्थकलाई हटाउने प्रयास गरेको थियो ।  प्रहरीले डा केसीका समर्थक माथि लाठीचार्ज गरी डा केसीसम्म पुग्ने बाटो खाली गराउदा दर्जनौ चिकित्सक र  बिद्यार्ठारू घाइते भएका थिए ।  केसीका समर्थकहरुलाई तितरवितर बनाउँदै अस्पताल परिसरमा प्रवेश गरेको टोलीले डा. केसीलाई बलपूर्वक हेलिकोप्टरमा हाल्ने तयारी गरेको थियो  । तर समर्थकहरु कुटिएपछि डा केसी आफै काठमाडौँ जान तयार भएका हुन् । काठमाडौँ ल्याएपछि केसीलाई तत्काल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिने तयारी छ । 

गएराति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ मन्त्रीसहितको बैठकले केसीको स्वास्थ्य खराब हुँदै गएकाले काठमाडौँ ल्याउने निर्णय गरेको हो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved