पहिले : पशुपतिनाथको जात्रा सिद्राको व्यापार, अहिले : पशुपतिनाथको दर्शन जामको सिकार

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 23, 2018 | 02:19:15 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थलगत रिपोर्ट : भावना लामा 

भगवान महादेवको विशिष्ट आसन मानिने राजधानीको पशुपतिनाथ मन्दिरमा सोमबार महादेवका भक्तहरुको भिड धेरै देखिन्छ । अझ श्रावण महिनाको सोमबारमा त थेगिनसक्नुको भिड लाग्ने गर्दछ । भक्तजनहरुको बाक्लो उपस्थितीले सडकसम्म लाम लागेपछि सडकमा चल्ने सवारी साधन र यात्रुहरुलाई भने मार पर्ने गरेको छ । 

आज सोमबार विहानदेखी भक्तजनहरु पशुपतिनाथको दर्शन गर्न मन्दिर पुगे । लामो लाई लागे।, पालो आएपछि पूजा गरे फर्किए । तर चावहिल देखि तिलगंगा सम्मको बाटो लगभग बन्द जस्तै भयो । यसै त जाम हुने चावहिल गौशाला क्षेत्र भक्तजनको भिडभाडले झन धेरै जाम बनाएको छ । 

साधारण समयमा अधिक जाम हुने कालो पुलमा ट्राफिकको उपस्थिति खासै देखिदैन । जसले गर्दा एकै ठाउँमा पनि एक घण्टासम्म जाम हुने गर्दछ । बाटो सानो तर सवारी साधनको चाप अधिक हुँदा थोरै समय रोकिदा पनि जाम हुने ट्राफिकको भनाई छ । पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनहरु मन्दिर प्रवेश गर्न बसेको लाइन बाटोसम्म आईपुग्दा अझ बढी जाम बढेको प्रहरी नै बताउँछन् । 


गोकर्ण, सुन्दरीजल, कपन, नयाँवसपार्क लगाएतको रुटको गाडी चावहिल गौशाला हुँदै चल्ने गर्छन् । त्यति मात्रै नभई चक्रपथ परिक्रमाको मार्ग पनि पर्ने सोही पर्ने भएकाले चावहिल गौशालाको जामले यात्रुलाई आजित बनाएको छ । 

कार्यालयको समयमा जाम भैदिदा सयौं यात्रुहरु समयमै कार्यालय पुग्न सकेका छैनन् । चावहिलबाट जाम पर्दै रातो पुल पुग्दा आधा घण्टा समय लागेको एक यात्रुले सुनाए, ‘ हिँडेर जान सम्भव छैन, नहिँडौं जामले समयमा पुग्न सकिदैंन ।’ धार्मिक क्षेत्रमा भक्तजनको भिडभाड हुँदा विकल्पको मार्ग बनाउन नसक्नुले चावहिल गौशालाको जामलाई अझ बढवा दिएको सर्वसाधारणको गुनासो छ ।  


पशुपात क्षेत्रमा महाशिवरात्रि, तिज, तथा श्रावण महिनामा दर्शनार्थीको भिड लाग्ने गर्दछ । हरेक समयको मेलामा यात्रुहरुले यसरी नै सवारी साधन जामको हैरानी खेप्दै आईरहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved