पुनर्बहाली पाएका साउदको मुद्दा अझै लम्बियो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 01, 2018 | 11:38:37 AM मा प्रकाशित

laxmi  sunrise bank

पुनर्बहाली भईसकेपनि सर्वोच्च अदालतमा नेपाल स्टक एक्चेन्ज नेप्सेका महाप्रबन्धक चन्द्र सिंह साउदको मुद्दा किनारा लागेको छैन ।  सर्वोच्चले आज बुधबार दुवै पक्षलाई यस बिषयमा छलफलको लागि डाकेको थियो  ।  तर आज पेशी नै नतोकी इजलाश स्थगित भएको छ । यस संगै यो मुद्दा थप लम्बिने भएको छ । 

असार २० गते बसेको मन्त्रिपरिषद्को बैठकले पुर्ववर्ति देउवा सरकारले गरेको पछिल्ला नियुक्ति खारेजी गर्ने निर्णय गरेको थियो।  सरकारको यस्तो निर्णयसंगै देउवा सरकारको पालामा नियुक्ति पाएका साउद सहित दर्जनौको पद गुमेको थियो । आफुलाई गैरकानुनी ढंगले हटाइएको भन्दै साउदले पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।  

असार ३१ गते रिटको सुनुवाई गर्दै अदालतले साउदलाई काममा फर्कन र १६ गते दुवै पक्षलाई छलफलमा डाकेको थियो । तर आज १६ गते पेशी नै स्थगित भएको हो । 

अदालतको आदेश अनुसार नेप्सेमा साउदको पुनर्बहाली भई सकेको छ । तर मुद्दाको अन्तिम किनारा भने लागि सकेको छैन । 

साउद मात्र होइन आज दुई पक्षीय छलफलमा डाकेका अन्यको पनि इजलाश स्थगित बएको छ ।  खानेपानी संस्थानका महाप्रबन्धक डा. भुपेन्द्र प्रसाद,  राष्ट्रिय सहकारी विकास बोर्ड मध्यमाञ्चल विकास समितिका अध्यक्ष विमल कुमार निरौला, न्यूनतम पारिश्रमिक निर्धारण आयोगका अध्यक्ष गंगाधर पराजुली,  खानेपानी संस्थानका सञ्चालक लिलाराम शर्मा, गुठी प्रशासक नारायण चौधरी, गुठी संस्थानका अध्यक्ष मिनराज चौधरी, हत्तर जनकपुर क्षेत्र विकास परिषद जनकपुरका अध्यक्ष शालीग्राम सिंह लगायत दर्जनौको पेशी पनि स्थगित भएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved