अन्तत: दिपकराज जोशी प्रधानन्यायधीश बन्न नपाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 03, 2018 | 02:07:57 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानन्यायाधीशको लागि सिफारिसमा परेका दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएका छन। आज बसेको समितिको बैठकले मतदान मार्फत जोशीलाई अस्वीकृत गरेको हो।

यस अघि ४ पटक बैठक निर्णय नगरी बैठक स्थगित भएको थियो । आज पनि सहमति नभएपछि मतदान बाट निर्णय लिईएको हो । मतदानमा जाने भएपछि नेपाली कांग्रेसका ४ सदस्यले बैठक बहिस्कार गरेका थिए ।  १५ सदस्यीय संसदीय सुनुवाई समितिमा नेकपामा ९ र संघीय समाजवादी फोरमका १ गरी १० जना सांसद छन् । सतारुढ दलका सांसदले जोशीको बिपक्षीमा मतदान गरेपछि जोशी २ तिहाईबाट अस्वीकृत भएका हुन्  । जोशीको पक्षमा एक मत पनि खसेन  । 

यस संगै जोशी संसदीय सुनुवाई समितिबाट अस्वीकृत हुने पहिलो प्रस्तावित प्रधानन्यायाधीश बनेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved