पहिरोमा पुरिएर ८ बालबालिका सहित ९ को मृत्यु, ४ जना एकै परिवारका

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 05, 2018 | 12:40:28 PM मा प्रकाशित

laxmi  sunrise bank

जाजरकोटमा पहिरोमा पुरिएर एकै परिवारका ४ सहित ९ जनाको मृत्यु भएको छ  । जिल्ला सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको हो   ।  

मृत्यु हुनेमा भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शितला लुहार, उनका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिसा परियार रहेकाछन् । उनीहरुको शव पहिरोले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो । उनीहरु सबै भेरी–३ खलंगा ठाँटी स्थित तिर्थराज बोहराको घरमा भाडामा बस्दै आएका थिए ।  खड्गबहादुर लुहारको भने जिवितै उद्दार गरिएको छ   ।   

तिर्थ बोहराकी ८ वर्षीया छोरी नज्मा बोहराको पनि पुरिएर मृत्यु भएको छ। 

त्यस्तै कुशे–६ ढिमेका ११ वर्षीय नविन परियार, १३ वर्षीय नरेन्द्र परियार, नलगाड–१ डाँडागाउका ८ वर्षीय गोविन्द परियार र १० वर्षीय दशर्क परियारको पनि पुरिएर मृत्यु भएको छ  । 

अझै केही पहिरोमा पुरिएको आशंका गरिएको छ ।  हाल प्रहरी, सेना र स्थानीय उद्धारमा जुटिरहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved