काठमाडौँ सहितका यी जिल्लामा भारी वर्षा, आकस्मिक बाढीको संभावना

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 06, 2018 | 02:44:32 PM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम बिज्ञान बिभागले अहिले देशको मध्य भुभागमा पर्ने काठमाडौ, भक्तपुर,ललितपुर, काभ्रे, सिन्धुली र मकवानपुर जिल्ला लाई केन्द्र गरेर बाक्लो बादल बिकास भइ ठुलो वर्षा भइरहेको जनाएको छ 



दिउँसो २:२० बजे बिभागले दिएको जानकारी अनुसार यी जिल्लामा भारी बर्षा भईरहेको हो 

। भारी बर्षापछि 

बागमती, रोसी, कमला र तिनका शाखा खोलाहरुमा आकस्मिक बाढीको संभावना रहेकोले सतर्क रहन बिभागले आग्रह गरेको छ ।



मध्य क्षेत्रको अलावा, हाल देशको प्रदेश २ को अधिकांश स्थान र प्रदेश ७ को उत्तरी दार्चुला क्षेत्रमा समेत ठुलो वर्षा भईरहेको छ। प्रदेश २ का चुरेबाट बहने खोलानालाहरुमा र महाकालीको दार्चुला क्षेत्रमा पनि सतर्कता अपनाउन बिभागले आग्रह गरेको छ 

। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved