मंगलबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु, १ बर्खास्ती, ९ नियुक्ति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 14, 2018 | 10:39:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ  । मंगलबार राती बसेको मन्त्रिपरिषद्को बैठकले प्रबन्ध निर्देशक कामिनीलाई बर्खास्त गर्ने निर्णय गरेको हो  ।

बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा महालेखा नियन्त्रक सुरेश प्रधानलाई नियुक्त गरेको छ   । त्यस्तै बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान समिति पुनर्गठन समेत गरेको छ । प्रतिष्ठानमा डिल्ली राज घिमिरे, लालबाबु यादव, हरि फुयाल, डा. खड्ग केसी, हिमालय थापा, भवानी राणा, शंकर शर्मा र मिना वैद्य ३ बर्षको लागि नियुक्त भएका छन् ।

 बैठकले बालबालिका सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयक, खाद्य तथा खाद्य सम्प्रभुताको अधिकार सम्बन्धि विधयेक र रोजगारीको हक सम्बन्धि ब्यबस्था गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्ने निर्णय भएको सरकारका प्रबक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

त्यस्तै  बैठकले मेलम्ची खानेपानी आयोजनाको लागि पाइप बिछ्याउने कार्यको लागि बुढानिलकण्ठ क्षेत्रको ९ आना क्षेत्र जग्गा अधिग्रहण गर्ने स्वीकृत दिने निर्णय पनि गरेको छ । बोनस चौथो संशोधन नियमावली २०७५ पनि स्वीकृत गरिएको मन्त्री बास्कोटाले जानकरी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved