ट्याक्सी चालकलाई पहेँलो ज्याकेट अनिवार्य

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 22, 2018 | 01:13:28 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा ट्याक्सी चलाउने चालकले अनिवार्य रूपमा पहेँलो ज्याकेट लगाउनु पर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि चालकले अनिवार्य ज्याकेट लगाउनु पर्ने नियम लागू गरेको हो । 

ट्याक्सी चालकलाई अनुशासित बनाउन र उनीहरुको पहिचानको लागी यस्तो व्यवस्था गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका एसएसपी वसन्त पन्तका अनुसार आजको मितिले १ महिनाभित्र राजधानीमा ट्याक्सी चलाउने सबैले पहेँलो रङ्गको ज्याकेट लगाउनुपर्नेछ । 

एसएसपी पन्तले भने, ‘ट्याक्सी चालकलाई अनुशासित बनाउन र उनीहरुको पहिचानको लागी यस्तो व्यवस्था गर्न लागिएको हो’ उनले भने, ‘ट्राफिक नियम उल्लङ्घनका घटना कम गर्न महाशाखाको पहलमा उनहिरुलाई नै सबै जिम्मा दिईएको छ ।’ उनका अनुसार चालकले तोकिएको डिजाईनको ज्याकेट जहाँबाट किनेर लगाएपनि हुनेछ । ट्याक्सी व्यवसायी संघले ज्याकेट यसको जिम्मा लिएको छ ।

उपत्यकामा ११ हजारको संख्यामा ट्याक्सी रहेको अनुमान गरिएको छ । आज पहिलो दिन ५ सय ट्याक्सी चालकले ज्योकट लिएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved