सरकारसँग देउवाको प्रश्न, ‘न्याय माग्नेको ज्यान लिने यो कस्तो कानुनी राज्य हो ?’

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 26, 2018 | 04:19:37 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चर्को आलोचना गरेका छन। प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सभापति देउवाले महिला र बालबालिकामाथि हत्या, हिंसा, बलात्कारलगायतका घटना बढिरहँदा पनि राज्य निरिह देखिएकोमा आपत्ति जनाए।

प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका देउवाले बलात्कारसहितका जघन्य अपराधबाट मुक्तिका लागि न्याय माग्न जाँदा राज्यले उल्टै गोली हानेर मार्ने काम गरेको भन्दै सरकारको त्यस्तो कार्यको निन्दा र भत्सर्ना गरे।

कञ्चनपुरमा किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको हिंसात्मक घटनामा प्रहरीले गोली चलाउदा एकजना बालकको ज्यान गएको थियो । राज्य पक्षबाटै बालकको ज्यान लिने काम भएकोमा सभापति देउवाले रोष प्रकट गरे।

सभापति देउवाले न्यायको खोजीमा गएका पीडितलाई नै ज्यान लिने यो कस्तो कानुनी राज्य हो भनि प्रश्न पनि गरे। न्यायपालिकालाई कार्यपालिकाको लाचार छायाँ बनाउन खोजेको पनि सरकारमाथि सभापति देउवाको आरोप छ । देउवाले न्यायपालिकाको भूमिका खुम्च्याउने कोशिश नगर्न पनि सरकारलाई चेतावनी दिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved