इलामबाट आउने अदुवामा झापाले लगायो कर, किसान र व्यवसायी मारमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 29, 2018 | 11:47:01 AM मा प्रकाशित

laxmi  sunrise bank

इलाममा उत्पादन भएको अदुवामा झापाले निकासी कर लगाउन थालेको छ। व्यवसायीले झापा जिल्ला समन्वय समितिले भन्सार विन्दु काँकरभिट्टामा लिने गरेको सो निकासी कर कानून विपरीत भएको बताएका छन्। 

आइतबार भारततर्फ सुनिता ट्रेडर्सको नाममा निकासी हुन लागेको १० हजार किलो अदुवामा समन्वय समितिले पाँच हजार निकासी करका रुपमा असुल गरेको हो।

‘जे एण्ड जे निर्माण सेवा प्रालि’ले जिल्ला समन्वय समितिबाट कर असुलीको ठेक्का लिएको थियो। सो कम्पनीका व्यक्तिले पाँच हजार निकासी कर असुल गरेको नेपाल अदुवा व्यवसायी सङ्घ झापाका कार्यबाहक अध्यक्ष टोम राजवंशीले बताए। दुई दिनदेखि समन्वय समितिले कर लिन थालेको उनको भनाइ छ। 

इलाममा उत्पादन भएको अदुवाको झापामा निकासी कर लिँदा किसान तथा व्यवसायी दोहोरो मारमा परेको राजवंशीले बताए। लामो समय भारतीय क्वारेन्टाइनको अवरोधपछि बल्लतल्ल अदुवाको निकासी हुन थालेको थियो। अदुवा भारत निकासी नहुँदा कृषक निराश भएका थिए। अदुवामा दोहोरो कर नलिन मेची उद्योग वाणिज्य सङ्घले जिल्ला समन्वय समितिलाई आग्रह गरेको छ। रासस 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved