लुम्बिनीले गौतम दियो, भारतको बोधगयाले बुद्ध : मोदी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 31, 2018 | 08:44:27 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिको प्राङ्गणमा निर्मित धर्मशाला उद्घाटनपछि सम्बोधन गर्दै लुम्बिनीले दुनियाँलाई गौतम दिएको र  भारतको बोधगयाले बुद्ध दिएको बताए। 

सम्बोधनको क्रममा मोदीले लुम्बिनीले गौतम र बोधगयाले बुद्ध दिएको तर्क गरे। 'नेपालको लुम्बिनीले दुनियाँलाई गौतम दियो, भारतको बोधगयाले बुद्ध दियो', मोदीले भने, 'गौतम बुद्धले देखाएको बाटो आज अतिवाद र आतंकवादको जस्ता दुनियाँका अनेक समस्या समाधान हल गर्ने प्रेरणा स्रोत हो।'  मोदीले गौतम बुद्धले देखाएको बाटो आज विश्वका अतिवाद र आतंकवादजस्ता समस्या समाधानको प्रेरणा स्रोत भएको बताएका छन्।

मोदीको सम्बोधन अघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी भ्रमणका लागि मोदीलाई निम्तो दिएका थिए। मोदीले जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको भ्रमण गरेको उल्लेख गर्दै ओलीले समय मिलाएर छिटो भन्दा छिटो लुम्बिनी आउन निम्तो दिए।

'गौतमबुद्धको जन्मस्थल लुम्बिनी बुद्धजिम विश्व मुहान हो', ओलीले भने, 'त्यसलाई हाम्रा मित्रराष्ट्र भारतबाट हामीले समर्थन र सहकार्य पाउने विश्वास लिएको छु। यहाँको छिट्टै लुम्बिनी भ्रमण हुनेछ भन्ने आशा लिएको छु।’

मोदीले लुम्बिनी भ्रमण नगर्नुका २ महत्त्वपूर्ण कारण

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved