ऊर्जा सप्ताहमा भाग लिन मन्त्री पुन बंगलादेश प्रस्थान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 05, 2018 | 02:39:16 PM मा प्रकाशित

laxmi  sunrise bank

बङ्गलादेशको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् । 
बङ्गलादेशमा रहँदा उनले ऊर्जा सप्ताहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअवसरमा मन्त्री पुनले नेपाल र बङ्गलादेशबीच ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय विषयमा समेत छलफल गर्ने छन्। 

यस्तै ऊर्जामन्त्री पुनले भ्रमणका क्रममा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालगायत त्यहाँका राजनीतिक नेतृत्वसँग पनि द्विपक्षीय हितका विषयमा छलफल गर्ने छन्। नेपाली प्रतिनिधिमण्डल यही भदौ २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved