अल्टिच्युड एअरको हेलिकप्टर धादिङमा दुर्घटनाग्रस्त, रेस्क्युका लागि टोली पठाइयो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 08, 2018 | 12:23:22 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार बिहानैदेखि सम्पर्कबिहिन अल्टिच्युड एअरको हेलिकप्टर धादिङमा दुर्घटनाग्रस्त अबस्थामा फेला परेको छ । धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

मनास्लु क्षेत्रको भ्रमणबाट काठमाडौं फर्कँदै गरेका पर्यटक बोकेको हेलिकप्टरमा ५ जना नेपाली, १ जना जापानी नागरिक भएको गोरखाको सामागाउँ प्रहरी चौकीका प्रहरी जवान नारायण न्यौपानेले बताए।

हेलिकप्टरमा रहेका सबै यात्रुकाे अवस्थाका बारेमा जानकारी नआएको बताइएको छ। एल्टिच्यूड एयरका प्रवन्ध निर्देशक निमा निरु शेर्पाले रेस्क्युका लागि टोली पठाइएको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको जानकारी दिए । उनका अनुसार ए एल एच ओके कलसाइनको सो हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए ।    

हेलिकप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु, पाइलट निश्चल केसी, रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका आनी डोल्मा डिकी र छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ रहेको त्रिभुवन विमानस्थललाई उद्धृत गर्दै सामागाउँ प्रहरी चौकीले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved