बालाजु क्षेत्रमा शुक्रबार विद्युत आपूर्ती बन्द हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 20, 2018 | 04:18:06 PM मा प्रकाशित

laxmi  sunrise bank

बालाजु क्षेत्रमा शुक्रबार दिनभर बिजुली जाने भएको छ । शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म बालाजु क्षेत्रमा बिजुली जाने प्राधिकरणको बालाजु वितरण केन्द्रले जनाएको छ । 

बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सबस्टेशनबाट आपूर्ति हुने क्षेत्रमा वत्ति जाने प्राधिकरणले जनाएको छ । बालाजु–धर्मस्थली फिडर अन्तर्गत पुरानो गुहेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा बत्ती जाने छ । 

बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने एमटीसी पर्खाल, जनजागृती,  रोटरी क्लब, टौडोल,  शितलास्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा पनि भोलि बिजुली अनियमित हुने प्राधिकरणले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved