बरिष्ठतम न्यायधीश दीपकराज जोशीलाई महाअभियोग लगाउन हस्ताक्षर संकलन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 20, 2018 | 04:28:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बरिष्ठतम न्यायधीश दीपकराज जोशी विरुद्ध नेकपाले महाअभियोग ल्याउने तयारी गरेको छ । प्रधानन्यायधीशमा अस्वीकृत भएपछि पुन न्यायधीश कै रुपमा सर्वोच्चमा फर्केका जोशी बिरुद्द नेकपाले महाभियोग लगाउने तयारी गरेको हो ।

महाभियोग लागौं भन्दै नेकपाका सांसदहरुले हस्ताक्षर संकलन गरेका छन् । बिहिबार दिउँसो सांसदहरु खाली कागजमा हस्ताक्षर गरेका हुन् । 

नयाँ प्रधानन्यायाधीश नियुक्तिसँगै सर्वोच्च फर्किएका जोशीले राजीनामा दिने बाचा गरेको तर त्यस बिपरित अदालत फर्केर मुद्दा हेर्न लागेको आरोप नेकपाले लगाएको छ। हस्ताक्षर संकलन गरेपछि जोशीले राजिनामा दिन सक्ने केहि सांसदहरुको विश्लेषण छ । राजिनामा नदिए नेकपाले महाभियोग प्रक्रिया अगाडी बढाउने बुझिएको छ । 

महाभियोग दर्ता हुना साथ जोशी निलम्बनमा पर्ने छन् ।  संविधान अनुसार एक तिहाई सांसदले महाअभियोगका लागि हस्ताक्षर गरी प्रस्ताव दर्ता गर्न सक्छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved