भूकम्प पीडितलाई खुसीको खबर, २ प्रतिशत ब्याज मै १० वर्षसम्म ऋण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 21, 2018 | 07:54:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले भूकम्प पीडितलाई प्रदान गरिने कर्जाको कार्यविधि संशोधन गरेको छ  । कार्यविधि संशोधन गर्दै राष्ट्र बैंकले भूकम्प पीडितले १० वर्षसम्मका लागि २ प्रतिशत ब्याज मै सहुलित कर्जा पाउने ब्यबस्था गरेको हो । यस्तो कर्जा अवधि न्युनतम ५ वर्षसम्म अधिकतम १० वर्षसम्म रहने छ ।

 पुर्नरकर्जा अवधि सकिएपछि बैंकहरुले ऋणको ब्याजदर बढाउन थालेपछि ऋणीहरु मर्कामा परेका थिए। तर अब राष्ट्र बैंकले पुर्नरकर्जा अवधि सकिपछि ८ वर्षसम्म बैंकलाई ब्याज अनुदान दिने छ । र भूकम्पपीडितले तिर्नु पर्ने अन्तिम ब्याज २ प्रतिशत नै कायम रहने छ । 

 तर असोज मसान्त सम्म प्रदान भएको कर्जामा भने ब्याज अनुदान नदिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved