बंगालको खाडिमा आएको चक्रवाती तुफानको असर नेपालमा, देशभर वर्षाको सम्भावना

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 21, 2018 | 08:04:26 AM मा प्रकाशित

laxmi  sunrise bank

बंगालको खाडिमा विकसित भईरहेको चक्रवाती तुफानले नेपालको मौसमलाई पनि प्रभाव पारेको छ । जल तथा मौसम पूर्वानुमान बिभागले डेई नामको उक्त तुफानको कारणले यतिबेला नेपाल भरि नै सामान्यदेखी पूर्ण बदलि सहित केहि स्थानहरुमा हल्का वर्षा भईरहेको बताएको हो ।


साथै आज देश भरिनै सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभाबना रहेको बिभ्गाले जनाएको छ। त्यस्तै आज राती देशै भरि सामान्य देखि पूर्ण बदलि भई पश्चिमी भूभागका केहि स्थानहरुमा र पुर्बी तथा मध्य भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम  वर्षा हुने सम्भावना रहेको बिभागले जानकारी दिएको छ ।


शनिवार पनि देशै भरि सामान्य देखि पूर्ण बदलि भई पूर्व तथा  पश्चिमका थोरै स्थानहरुमा र मध्यका एक वा दुई  स्थानमा  हल्का देखि मध्यम  वर्षा हुने सम्भावना छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved