एसिड आक्रमणबाट घाइते सम्झनाको मृत्यु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 24, 2018 | 10:32:35 AM मा प्रकाशित

laxmi  sunrise bank

तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारका क्रममा गएराति ११ः३० बजे मृत्यु भएको छ । कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा दासको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । रौतहट चन्द्रपुर नगरपालिका–६ जादवलाल दासका दुई छोरी सम्झना र सुस्मिता दासमाथि गत भदौ २६ गते राति एशिड आक्रमण भएको थियो । 

तेजाबले सम्झनाको अनुहारसहित शरीरको अधिकांश भाग जलेको थियो । उनकी बहिनी सुस्मिताको अवस्था भने खतरामुक्त छ । सुस्मिताको कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार एशिडका कारण सम्झनाको कम्मर माथिको अधिकांश भाग जलेको थियो । आक्रमण गरेको आशङ्कामा प्रहरीले जादवलालकै छिमेकी अन्दाजी ५० वर्षीय रामबाबु पासवानलाई पक्राउ गरेको छ । प्रेम प्रस्ताव अस्विकार गरेपछि उनले एसिड फ्याकेको प्रहरी अनुसन्धानले देखाएको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved