राजधानीका यी १४ स्थानमा यात्रु सहायता कक्ष

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 26, 2018 | 06:27:34 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ लगायतका चाडवाडमा काठमाडौँ बाहिरीने यात्रुको अवस्थालाई ध्यानमा राखेर सरकारले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । असोज ९ गतेबाट खुलेको अग्रीम टिकट बुकिङ सेवाग्राहीलाई सहज बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहायता कक्षको स्थापना गरेको हो । असोज ५ गतेबाट खुल्ने भनिएको अग्रीम बुकिङ यातायात व्यवसायीका अवारोधका कारण ९ गतेबाट मात्र खुलेको थियो । 

दशैं तिहार लगायतका चाडवाडमा यातायात व्यवसायीले यात्रुसँग मनलाग्दी भाडा लिने लगायतका वेथितिलाई नियन्त्रण गर्न १४ बटा स्थानमा सहायता कक्ष स्थापना गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए । विगतका बर्षहरुमा जस्तै व्यवसायीले टिकट लुकाएर ब्ल्याकमा बेच्ने स्थिति नआओस भनेर सहायता कक्षाको व्यवस्था गरेको उनको भनाई छ । “सहायता कक्षामा टिकट खरीदका लागी आउने सेवाग्राहीलाई कुन ठाउँको टिकटलाई कति पर्छ, कुन काउन्टरबाट टिकट लिने लगाएत कुराहरुको बारेमा जानकारी दिईनेछ” उनले भने । 

कलंकी, स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबाहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानोबसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । नजिकिदै गरेको चाडबाडलाई मध्यनजर गरि स्थापना गरिएको सहायता कक्षमा अपराध एवं दुर्व्यहार तथा ट्राफिक सम्बन्धी गुनासोहरु राख्न सकिने छ । सहायता कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी, यातायात व्यवसायी संघका प्रतिनिधी, नागरिक समाजका प्रतिनिधी, ट्राफिक र जनपद प्रहरीका कर्मचारीहरु रहने छन् ।

स्थापित १४ वटा सहायता कक्षले के कस्तो काम गरेको छ ?, सेवाग्राहीले सहजता पाएका छन् कि छैनन् लगायत विषयमा अनुगमन गर्न ४ वटासमिति समेत गठन गरेको छ । ट्राफिक प्रहरी एवम सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरु अनुगमन टोलीमा छन । 

दशै तिहारको लागी १८ देखि २० लाखको हाराहारीमा मानिसहरु काठमाडौं बाहिर जाने गर्छन । समयमै टिकट नपाउने र दोब्बर मूल्यमा टिकट किन्नुपर्ने बाध्यता भने हरेक वर्ष यात्रुहरुले भोग्दै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved