बिना तलब फर्काइए कतारमा स्टेडियममा बनाउने नेपाली कामदार, ६८ लाख लिन बाँकि

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 28, 2018 | 08:53:53 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारले नेपाली कामदारलाई  २ वर्षसम्म बिश्वकपको रंगशाला बनाउने काममा लगाई बिनातलब नेपाल फर्काएको एक प्रतिवेदनले दाबी गरेको छ । कतारले सन् २०२२ मा बिश्वकप आयोजना गर्दै छ । यसको लागि कतारले धेरै नेपालीलाई काममा लगाएको छ । तर त्याकाको एक कम्पनीले नेपालिहरुलाई २ बर्षसम्म काम लगाएर बिना तलब नेपाल फर्काइदिएको एम्नेस्टी इन्टरनेसनलले बिहीबार सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

प्रतिवेदनमा मर्करीमिना नामक कम्पनीले ३४ नेपाली कामदारलाई दिनुपर्ने झन्डै ६८ लाख रुपैयाँ भुक्तानी नदिइ नेपाली युवालाई भोकभोकै नेपाल फर्काएको उल्लेख छ । ति नेपालीले पटकपटक नेपाली नियोग, वैदेशिक रोजगार विभाग र म्यानपावर कम्पनीलाई सहयोगका लागि अनुरोध गर्दा पनि सुनुवाई नभएको प्रतिवेदनमा भनिएको छ ।

यसबारे पीडितले पात्रक पटक र स्वयं एम्नेस्टीले २ पटक नेपला सरकारलाई जानकारी गराए पनि त्यसबारे सरकारले केहि पहल नगरेको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा तलब नदिई फर्काइएका एक नेपालीले ऋण तिर्नको लागि आफ्नो घर र जग्गा नै बेचेको प्रतिवेदनमा उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved