निर्मला हत्या प्रकरण: एसपी विष्ट र उनका छोराको डीएनए मेल खाएन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 30, 2018 | 09:40:23 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्मला हत्या प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भिमदत्त नगरपालिका (महेन्द्रनगर)का मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए रिपोर्ट सार्बजनिक  छ।  प्रहरी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको संयुक्त टोलीले गरेको परिक्षणमा डीएनए नमिलेको रिपोर्ट आएको छ 

निर्मलाको ‘भेजिनल स्वाब’ बाट डेभलप गरेको डिएनए प्रोफाईलसँग डीएनए म्याच गरिएको थियो  

सुरुमा मुख्य आरोपित भनेर पक्राउ गरिएका दिलिप बिष्टको  डीएनए रिपोर्ट नमिलेपछि छानविन टोलीले यी ३ माथि अनुसन्धान सुरु गरेर डीएनए परिक्षण गरेको थियो। तर कसैको पनि डीएनए नमिलेपछि घटना थप रहस्यमय बनेको छ 

गृहमन्त्री रामबहादुर थापाले यस अघि नै घटनाका महत्वपूर्ण प्रमाणहरु नष्ट गरिएको पाईएको बताएका थिए 

साउन ११ गते कञ्चनपुरमा निर्मलाको वलात्कारपछि हत्या भएको थियो । यद्यपी उक्त घटनामा संलग्नको अझै पहिचान हुन सकेको छैन ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved