त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय तोडफोड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 01, 2018 | 07:09:50 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विश्विद्यालय शिक्षाध्यक्षको कार्यालय कीर्तिपूरमा विद्यार्थीहरुले तोडफोड गरी  शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठी माथी दुव्र्यवहार गरेका छन् । 

आइतवार अपहन्न १ः३० मा शिक्षाध्यक्षको कार्यालयमा पसी छलफलका लागी समय उपलब्ध नगराएको भन्दै कार्यालय तोडफोड गर्नुका साथै शिक्षाध्यक्षमा कार्यरत कर्मचारीहरु समेतलाई त्रसित पारेका शिक्षाध्यक्षको कार्यालय प्रमुख निर्मल मिश्रले जानकारी दिईन । घटनावाट २ वटा कुर्सी र टेवलमा क्षतिपुगेको मिश्रले बताईन । 

शिक्षामन्त्रालयमा आायोजित कार्यक्रम उपलस्थिति हुनुपर्ने अवस्थाका कारण तत्काल समय व्यवस्थापन गर्न कठिन रहेको जानकारी गराउदा गराउदै ८÷१० जना विद्यार्थीहरुले आफुलाई दुव्यवहार गरेको आरोप त्रिपाठीले लगाएकी छिन् । प्राज्ञिक निकायमा विद्यार्थी वर्गबाट भएको यसप्रकारको अमर्यादित प्रस्तुतीप्रति शिक्षाध्यक्ष प्रा.डा त्रिपाठीले खेद व्यक्त गरेकी छिन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved