निर्मलालाई न्याय माग्दै आन्दोलन: सरकारी कार्यालय तोडफोड, कर्मचारीमाथि हातपात

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 03, 2018 | 08:19:39 AM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चनपुरको भीमदत्तनगरमा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले जिल्ला सरकारी वकिल कार्यालयमा तोडफोड गर्नाका साथै कर्मचारीमाथि हातपात गरेका छन् । नेविसङ्घले भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै मंगलबार एक दिने कञ्चनपुर बन्दको आह्वान गरेको थियो । बन्द अवज्ञा गरेको भन्दै नेविसङ्घ कार्यकर्ताले जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत नायब सुब्बा कृष्णदत्त भट्ट, अपरेटर मञ्जु भट्ट र कार्यालय सहायक धनवीर भाटमाथि हातपात गरेका हुन् । साथै कार्यालय परिसरमा रहेको बा २ झ २७१५ नम्बरको कारसमेत तोडफोड गरिएको छ । 
भीमदत्तनगरमा प्रदर्शन गर्दै आइरहेका नेविसङ्घ कार्यकर्ताले बन्दमा कार्यालय किन खोलेको भन्दै कुटपिट र तोडफोडमा उत्रिएको सरकारी वकिल कार्यालयका कार्यालय सहायक भाटले बताए । कार्यालयभित्रै प्रवेश गरेका आन्दोलनकारीले कार्यालयमा समेत तोडफोड गरेका छन् । 

सरकारी वकिल कार्यालयमै समाचार सङ्कलन गरिरहेका ‘सगरमाथा टेलिभिजन’का जिल्ला संवाददाता चन्द्रकान्त जोशीमाथि पनि तिनले हातपात गर्दै क्यामेरा फुटाएका छन् । पत्रकार जोशीले कार तोडफोड गरिरहेको दृष्य छायाङ्कनका क्रममा नेविसंघ कार्यकर्ताले आफूमाथि हातपात गर्दै क्यामेरा फुटाएको बताए । पन्त हत्या घटना भएको लामो समय बितिसक्दा पनि हत्यारा कानूनी दायरामा ल्याउन नसकेको भन्दै बन्द गरिएको नेविसंघ कञ्चनपुरले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved