चिनीको मूल्य ६३ रुपैयाँ तोक्न लेखा समितिको निर्देशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2018 | 03:15:55 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदीय समितिले चिनीको चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्बजनिक लेखा समितिको बिहिबार बसेको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । 

समितिले चिनीमा कालोबजारी बढेको भन्दै छानबिनका लागि उपसमिति गठन गरेको छ। बैठकले  लेख राज भट्टको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेकाे हाे। उप समितिमा सांसद प्रेमबहादुर आले, चन्दा चौधरी लगायत रहेका छन्। उपसमितिले सातदिन भित्र सुझाव सहितको प्रतिवेदन बुझाउनुपर्नेछ। उप समितिले बजार अनुगमन गर्ने र समग्रबजारकाे अवस्था अध्ययन  गर्ने अधिकार पनि आएको छ । 

यस अघि सरकारले बुधबार मात्र चिनीको मूल्य प्रतिकिलो ७० रुपैयाँ तोक्दै बढी मूल्यमा बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्ने जनाएको थियो  । बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहितको बैठकले चिनीको खुद्रा मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकेको हो ।

सरकारले आयातमा परिमाणात्मक बन्देज लगाएपछि बजारमा चिनीको मूल्य ह्वात्तै बढेको हो । व्यापारीले एक किलो चिनीको ८५ रुपैयाँसम्म लिन थालेका छन् । मन्त्रिपरिषद्ले वार्षिक करिब एक लाख टन मात्रै आयात गर्न पाउने निर्णय गर्नुअघि एक किलो चिनीको औसत मूल्य ६५ रुपैयाँ थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved