एक अर्ब ६० करोडको लगानीमा दाङमा अर्को सिमेन्ट उद्योग शुरु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 10, 2018 | 06:58:24 AM मा प्रकाशित

laxmi  sunrise bank

दाङमा अर्को सिमेन्ट उद्योगले उत्पादन शुरु गरेको छ । दाङको घोराहीबाट यसअघि सगरमाथा सिमेन्ट र दुधरासबाट सोनापुर सिमेन्ट उत्पादन हुँदै आएको थियो भने अहिले लमहीबाट गजराज सिमेन्ट उत्पादन शुरु भएको हाे । लमही नगरपालका थालेको उद्योगका प्रबन्ध निर्देशक वासु पाण्डेले जानकारी दिए । उत्पादन आसपासका नागरिकको स्वास्थ्यलाई कुनै असर नपर्ने गरी उद्योग सञ्चालनमा ल्याएको उनले बताए ।

दैनिक एक हजार ८०० टन सिमेन्ट उत्पादन क्षमता भएको उद्योग स्थापना गर्न एक अर्ब ६० करोड रुपैयाँको लगानी रहेको पाण्डेले बताए । उद्योगले दाङको काभ्रे, लोहरपानी, स्यूजा, रोल्पाको डुब्रिङ र प्यूठानको रम्दीबाट चुनढुङ्गा ल्याउने गरेको छ ।

यस्तै उद्योगले क्लिङ्गर तत्कालका लागि सोनापुर सिमेन्ट उद्योग र भारतबाट ल्याउने गरेको पाण्डेले जानकारी दिए । सिमेन्ट उद्योगले गजराज र सम्राट ब्राण्डका पिपिसी र ओपिसी सिमेन्ट उत्पादन गर्ने उद्योग प्रशासनले जनाएको छ । जर्मन प्रविधिको मेसिनले सिमेन्ट उत्पादन थालेको पाण्डेको भनाइ छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved