घरमै बसेर साझा यातायातको टिकट

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 10, 2018 | 06:45:49 PM मा प्रकाशित

laxmi  sunrise bank

साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको छ । सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्ने भएका छन् । सम्झौतापत्रमा साझाका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजिज प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले हस्ताक्षर गरे । 

साझाले काठमाडौ उपत्यका बाहिर सञ्चालन हुने बसहरूमा अनलाइनबाट टिकट काट्न सकिने प्रबन्ध मिलाएको हो । हाल साझा यातायातका बसहरू काठमाडौदेखि रूपन्देहीको भैरहवा र काठमाडौदेखि बाग्लुङका लागि छुट्दै आएका छन् । 

यात्रुहरूले साझा यातायात डटकम डट एनपी, बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट टिकट काट्न सक्ने जनाईएको छ । यसका साथै यात्रुहरूले मोबाईल बैंकिङ, इन्टरनेट बैकिङ तथा पेमेन्ट गेटवे मार्फत बसको भाडा समेत तिर्न सक्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved