अन्तत बामदेवले चुनाव नलड्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 12, 2018 | 08:23:59 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेकपाका नेता वामदेव गौतम काठमाडौं–७ बाट उप निर्वाचन नलड्ने भएका छन् । पार्टी  भित्रबाट , मतदाता बाट र सामाजिक संजालमा समेत तिब्र आलोचना भएपछि गौतम पछि हटेका हुन् । पार्टी नेतृत्वबाटै असहयोगको अवस्था आएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेका हुन्। 

प्रतिनिधिसभा निर्वाचन २०७४ मा बर्दिया निर्वाचन क्षेत्र–१ बाट पराजित गौतमले काठमाडौं–७ लाई खाली गराएर फेरि चुनाव लड्ने योजना बनाएका थिए । यसै योजना अनुसार काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यमा विजयी नेकपाका रामवीर मानन्धरले गौतमको लागि आफूले राजीनामा दिएर ठाउँ खाली गर्ने घोषणा गरेका थिए। गौतमको चुनाव लड्ने निर्णय र मानन्धरको राजीनामा घोषणालाई लिएर पार्टी पंक्तिभित्रै समर्थन र विरोधका स्वर सुनिन थालेका थिए।  

काठमाडौंबाट चुनाव लड्ने गौतमको निर्णयप्रति पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेता माधव नेपाल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ हुँदै महासचिव विष्णु पौडेलसमेत असहमति थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved