दशैंमा प्रहरीले पनि निशुल्क बस सञ्चालन गर्ने, यस्तो छ रुट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2018 | 09:29:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले दशैँका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । नागरिकको सहजताका लागि यही असोज ३१, आगामी कात्तिक १ र २ गते निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर ती रुटमा बस सञ्चालित हुनेछन् । 

नक्साल–पुतलीसडक–माइतीघर–कुपण्डोल–पुल्चोक–जावलाखेल–एकान्तकुना–बल्खु–कलङ्की–कालीमाटी–त्रिपुरेश्वर–शहीदगेट–रत्नपार्क–दरबारमार्ग हुँदै नक्सालसम्म सेवा दिने प्रहरीले जनाएको छ । त्यस्तै नक्साल–मैतिदेवी–गौशाला–कोटेश्वर–तीनकुने–बबरमहल–माइतीघर–त्रिपुरेश्वर–शहीदगेट–लैनचौर–लाजिम्पाट–नारायणगोपालचोक–बालुवाटार हुँदै पुनःनक्सालसम्म पनि प्रहरीको बस चल्नेछन् । 

यसैगरी नक्साल–जयनेपाल हल–लैनचौर–सोह्रखुट्टे–नयाँबजार–बालाजुचोक–नयाँ बसपार्क–तिलिङ्गेटार–नारायणगोपाल चोक–सुकेधारा चोक–चाबहिल–गौशाला–रातोपुल हुँदै पुनः नक्सालसम्म प्रहरीका बसले सेवा दिनेछन् । 

प्रहरीको निःशुल्क बसहरु बिहान ११ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने प्रहरीले जनाएको छ । प्रहरीले गत वर्षपनि अष्टमी, नवमी र विजयादशमीको दिन काठमाडाँै उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । 

यो पनि : 

दशैंमा सेनाले निशुल्क बस सञ्चालन गर्ने, यस्तो छ रुट

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved