निर्मला हत्या प्रकरण: एसपी बिष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 25, 2018 | 07:59:02 PM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानलाई प्रभावित पार्न खोजेका प्रहरी उपरीक्षक दिलीपसिंह विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्त भएका छन् । गृह मन्त्रालयले उनीहरु दुवै जनालाई बिहिबार प्रहरी सेवाबाट बर्खास्त गरेको हो  । गृह मन्त्रलयका प्रबक्ता रामकृष्ण सुवेदीका अनुसार उनीहरुलाई भविष्यमा सबै सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको हो  । 

उनीहरुलाई निर्मला हत्या प्रकरणमा चरम लापारवाही गरेको, जिम्मेवारी बोध नगरेको तथा प्रमाण नष्ट गरेको भन्दै बर्खास्त गरिएको हो । यस अघि यी दुवैले आफु घटनामा आफु दोषी रहेको भन्दै स्पष्टीकरण पेश गरेका थिए  । स्पष्टीकरण चित्त बुझ्दो नभएको र दोषी प्रमाणित भएकोले बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved