काभ्रेमा जिप दुर्घटना: पत्रकार पराजुली सहित २ को मृत्यु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 27, 2018 | 04:41:07 PM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु छ भने ४ जना घाइते भएका छन् ।  जिल्लाको मन्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा बा ३ च २८७ नं को जिप पल्टिदा  २ जनाको घटनास्थल नै मृत्यु भएको हो।

मण्डन देउपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष नेत्र प्रसाद ढकालका अनुसार मृत्यु हुनेमा मण्डन देउपुर ४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की रहे छन्  । मृतक पराजुली पत्रकार हुन्। 

घाइते ४ जनालाई उपचारको लागि धुलिखेल अस्पताल लागिएको छ ।  घटनाको थप विवरण आउन बाँकी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved